होमपेज / समाज
हिमाल शर्मा, सल्यान । सल्यानका थप दुई जनामा कोरोना पुष्टि भएको छ । सोमवार नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणमा जिल्लाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा बागचौर नगरपालिकाका एक पुरुष र त्रिवेणी गाउँपालिकाका एक पुरुष रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । यससँगै सल्यानमा कोरोना संक्रमित हुनेको संख्या २ सय ५१ पुगेको छ । संक्रमित मध्ये २ सय ४० जना निको भएर घर फर्कि सकेका छन् ।