ट्रेण्डिङ

होमपेज / समाज

वीरबहादुर राई सचिवमा बढुवा

नेपालगाथा २०७७ श्रावण २० गते मंगलबार ११:३५:३३ मा प्रकाशित

काठमाडौँ । सरकारले सहसचिव वीरबहादुर राईलाई सचिव-विशिष्ट श्रेणीमा बढुवा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सहसचिव राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । राई सिँहदरवारस्थित राष्ट्रिय योजना आयोगमा कार्यरत छन् ।

बढुवा सिफारिस समितिले केही दिनअघि वरिष्ठ सहसचिवहरू चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र राई गरी तीन जनाको नाम सचिवका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top