होमपेज / समाज
सल्यान । गत अर्थिक वर्ष २०७६/०७७ मालपोत कार्यालय सल्यानले झन्डै दुई करोड राजश्व संकलन गर्न सफल भएको छ । मालपोत कार्यालय सल्यानबाट विभिन्न लिखतहरुबाट १ करोड ९४ लाख २७ हजार ७ सय ४१ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको मालपोत कार्यालय सल्यानका नि.कार्यालय प्रमुख महादेव कसाईले जानकारी दिनुभयो।
उहाँका अनुसार मालपोत कार्यालयबाट पारित हुने राजिनामा, बकसपत्र, नामसारी, अशंवण्डा, अशं भपाई, घरकायम, दृष्टिवन्धक, नाम संशोधनबाट गरी १ करोड ९४ लाख २७ हजार ७ सय ४१ रुपैयाँ संकलन भएको उहाँको भनाई छ । गत आ.व.मा मालपोत कार्यालय सल्यानबाट ३ हजार रजिष्टेशन लिखत पारित भएको छ ।
नेपाल सरकारले मालपोत कार्यालय सल्यानबाट छुट पाउने महिला, दलित, अपाङ्गलाई गरी ७ सय ९९ जनालाई २० लाख ४५हजार ६ सय ३९ रुपैयाँ छुट दिएको मालपोत कार्यालय सल्यानका सूचना अधिकारी दिपक बुढाथोकीेले बताउनुभयो । गत आवमा नामसारी ३ सय ६१ अदालतको आदेशबाट १ सय २० वटा दाखा, नाम संशोधन एक सय २०, शेषपछिको वकसपत्र दा.खा ६ जना, लगत कट्टा ५ जिल्लाको लिखत दाखा २ वटा लिखत पास गरेको उहाँको भनाई छ । शहरी महिला ४६५ सय जना, ग्रामीण महिला ३ सय २६ जना गरी ७ सय जनालाई गरी २० लाख ४५ हजार ६ सय सय ३९ रुपैयाँ छुट दिइएको उनको भनाई छ । यस्तै शहरी दलित ८ जना ग्रामीण दलित २ गरी ८ जनालाई १६ हजार १ सय पचास रुपैयाँ छुट दिएको उहाँको भनाई छ ।