ट्रेण्डिङ

होमपेज / समाज

इजाजतबिना संकलित यार्सागुम्बा बरामद

नेपालगाथा २०७७ श्रावण १७ गते शनिबार १२:३२:४१ मा प्रकाशित

दार्चुला । जिल्ला प्रहरी कार्यालयले सदरमुकाम खलङ्गाबाट बेवारिसे अवस्थामा यार्सागुम्बा बरामद गरेको छ । सदरमुकाम खलङ्गामा अवैध मदिरा नष्ट गर्ने अभियान चलाएकै बेला यार्सागुम्बा बरामद गरिएको हो । बरामद गरेको यार्सागुम्बालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई बुझाइएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए ।

प्रहरीले कूल ५३० वटा यार्सागुम्बा बरामद गरेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । यार्सागुम्बा बरामद गरेपछि सङ्कलनकर्तासँग सङ्कलन इजाजत नभएको हुँदा नियन्त्रणमा लिइएको उनको भनाइ छ । ‘दुई दिनसम्म सङ्कलन इजाजत ल्याउन नसक्दा बरामद गरिएको यार्सागुम्बा थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई बुझाएका छौँ’, उनले भने ।

डिभिजन वन कार्यालयले पनि यार्सागुम्बाको अनुसन्धान भइरहेको जनाएको छ । निमित्त डिभिजन वन अधिकृत अमरसिंह धामीका अनुसार सदरमुकाम खलङ्गामै यार्सागुम्बा भेटिएका कारण वनले यार्सागुम्बाको अनुसन्धान गर्छ । ‘यार्सागुम्बा बेवारिसे भेटिए पुनः लिलाम प्रक्रियामा जान्छ’, उनले भने । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top