होमपेज / समाज
कञ्चनपुर । बेलौरी नगरपालिका–७ भगतपुरमा धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीया बेलु खातीको हत्या गरेको छ। शुक्रबार राति हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले खातीको जानकारी दिए। यस्तै, बेलुका श्रीमान ६२ वर्षीय धनश्यामलाई पनि हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको थापाले बताए।
‘गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाएका छौँ,’ प्रवक्ता थापाले भने, ‘घटना खाती परिवारको घरमै मध्यरातमा भएको देखिन्छ।’ प्रहरी नायब उपरीक्षक थापाले घटनाको अनुसन्धान भइरहेको बताए। प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ। उनले भने, ‘सोधपुछका लागि छोरासहित दुई जनालाई नियन्त्रणमा लिएका छौँ।’ रासस ।