ट्रेण्डिङ

होमपेज / समाज

सहसचिव उपाध्याय १४ लाख घुससहित पक्राउ

नेपालगाथा २०७७ श्रावण १७ गते शनिबार ११:५९:०१ मा प्रकाशित

काठमाडौँ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत(सहसचिव) कृष्णकान्त उपाध्याय १४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार साँझ काठमाडौँको नागढुंगाबाट उनलाई पक्राउ गरेको हो । यारको टोलीले उपाध्यायसँगबाट १४ लाख ४८ हजार सात सय ९६ रुपैयाँमध्ये १ लाख २४ हजार सात सय ५० नगद र बाँकी १३ लाख २४ हजार ४६ रुपैयाँको बैङ्कमा डिपोजिट स्लिप बरामद गरेको छ ।

उपाध्यायले घुस लिएको १४ लाखमा १ लाख १४ हजार आफ्नो साथमा राखी बाँकी सबै पैसा बैङ्कमा डिपोजिट गरिसकेको अख्तियारले जनाएको छ । श्रोत नखुलेको अस्वाभाविक रकम साथमा लिई हिडेंको भन्ने सूचनाको आधारमा आयोगको टंगालबाट खटिगएको टोलीले उपाध्याय चढेको बा.२ झ. ४०९९ नम्बरको सरकारी गाडी चन्द्रागिरि नगरपालिका वडा नं. २, नागढुङा, काठमाडौँमा रोकी चेक जाँच गर्दा रकमसहित पक्राउ परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top