ट्रेण्डिङ

होमपेज / समाज

२६औँ प्रकाश मानवअधिकार पुरस्कार बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्मालाई

नेपालगाथा २०७७ श्रावण १६ गते शुक्रबार २१:४७:१४ मा प्रकाशित

काठमाडाैं । विगत तीन वर्षदेखि बाजुरा जिल्ला अस्पतालमा नागरिकको स्वास्थ्य सेवाका लागि महत्वपूर्ण पहल कदमी लिनु भएका डाक्टर रुपचन्द्र विश्वकर्मालाई प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित गर्ने निर्णय इन्सेक कार्यसमितिको गत साउन ६ गते सम्पन्न भएको बैठकले गरेको इन्सेकले जनाएको छ ।

इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा साउन १६ गते जारी विज्ञप्तिमा उक्त निर्णय बारे जानकारी दिइएको हो ।

विज्ञप्तिमा भनिएको छ- ’इन्सेकका संस्थापक महासचिव श्री प्रकाश काफ्लेको २०४९ साल साउन १६ गते नुवाकोटको घोप्टे भिरमा भएको थाइ एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानवअधिकार र सामाजिक न्यायको अभियानमा स्व. काफ्लेले पुर्याउनुभएको योगदानको स्मरणलाई चिरस्थायी बनाउने उद्देश्यले इन्सेकले प्रकाश मानवअधिकार पुरस्कारको स्थापना गरेको हो ।’

इन्सेकले २०५१ सालदेखि हरेक वर्ष प्रकाश मानवअधिकार पुरस्कारबाट नेपालको मानवअधिकार, राजनीति, शिक्षा, स्वास्थ्यतथा सामाजिक लगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका एक जनालाई पुरस्कृत गर्दै आएको छ । यो पुरस्कारबाट हालसम्म २५ जना पुरस्कृत भइसक्नु भएको छ ।

५० हजार रुपियाँ पुरस्कार राशीको पुरस्कारका साथमा सम्मान–पत्र तथा इन्सेकको प्रतीक चिन्ह सम्मानित व्यक्तित्वलाई प्रदान गरिने इन्सेकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top