ट्रेण्डिङ

होमपेज / समाज

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ

नेपालगाथा २०७७ श्रावण १६ गते शुक्रबार २०:३५:०८ मा प्रकाशित

ललितपुर । महालक्ष्मी नगरपालिका-४ ढुङ्गेसाँगुमा काभ्रे धुलिखेल नगरपालिका-११ भकुण्डेबेँशीका ५४ वर्षीय कामी सिंह तामङको हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे भकुण्डेबेशी बस्ने सिन्धुली घर भएका २२ वर्षीय सन्जिव मैनालीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न रही फरार रहेका उनलाई महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले आफन्तको डेरा कोठामा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top