ट्रेण्डिङ

होमपेज / समाज

२४ घण्टामा थप २ सय २४ जनामा कोरोना संक्रमण, १ सय ५१ जना डिस्चार्ज

नेपालगाथा २०७७ श्रावण १६ गते शुक्रबार १७:१३:५४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ५१ जना निको भइ घर फर्किएका छन् । योसँगै हालसम्म १४ हजार ३ सय ९९ जना निको भएका छन् । हाल देशभर ५ हजार ३ सय १६ संक्रमित छन् । ५६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top