ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा एक हप्ताको अवधिमा फरार ३८ प्रतिवादी पक्राउ हिमाल शर्मा

नेपालगाथा २०७७ श्रावण १३ गते मंगलबार २१:३१:०० मा प्रकाशित

सल्यान सल्यान प्रहरीले एक हप्ताको अवधिमा फरार ३८ जना प्रतिवादी पक्राउ गरेको छ । विभिन्न अभियोगमा फरार अभियुक्तहरुलाई खोजतलास गर्ने क्रममा गाउँघरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अदालतले फैसला गरी फरार रहेका उनीहरुलाई अहिले अनुसन्धान गर्दै पक्राउ गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्दै खतिवडाले बताउनु भयो ।

उनका अनुसार विशेषगरी कर्तव्य ज्यान, लुटपिट, कुटपिट, सम्बन्ध विच्छेद, चोरी सिकारी लगायतका अभियुक्तहरु फक्राउ गरिएको उहाको भनाई छ । सोमबार प्रहरीले विभिन्न अभियोगका ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्यजन्तु चोरी सिकारी मुद्याका शिव बहादुर शाही, काशी रावत, देवराज केसी, लिलाधर केसी, गणेश बहादुर खत्री, तेज बहादुर केसी, साधारण चोरी मुद्याकालाल बहादुर पनु,सम्बन्ध विच्छेद मुद्याका फपिन्द्र राना रहेका छन् ।

यस्तै कुटपिट मुद्याका चोप बहादुर महतरा, लुटपिट मुद्याका राजेन्द्र बहादुर महतरा र जालसाक्षी मुद्याका सितली कामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घरमै लुकीछिपि बसी रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रमुख ढकेन्द्र खतिवडाले बताउनुभयो। पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत पठाइएको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top