ट्रेण्डिङ

होमपेज / समाज

पूर्व रथी खड्काको निधन, सैनिक सम्मानका साथ अन्त्येष्टि

नेपालगाथा २०७७ श्रावण १३ गते मंगलबार २१:१३:५९ मा प्रकाशित

काठमाडौँ । नेपाली सेनाका अवकाशप्राप्त बलाध्यक्ष रथी कुलबहादुर खड्काको निधन भएको छ। उपचारका लागि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भर्ना भएका खड्काको आज निधन भएको हो । खड्काको आजै साँझ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । उनको सम्मानमा सेनाको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो। पुर्ख्यौली घर लमजुङ भई सेनाका विभिन्न पदमा रही ३८ वर्ष सेवा पुर्‍याएका ६९ वर्षीय खड्काका श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top