ट्रेण्डिङ

होमपेज / समाज

लाईसेन्स बनाईदिने भनी रकम माग गर्ने पक्राउ

नेपालगाथा २०७७ श्रावण १२ गते सोमबार १५:०३:२५ मा प्रकाशित

काठमाडौं । लाईसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम माग गर्ने भक्तपुर मध्यपुर ठिमि नगरपालिका मगरगाउँ बस्ने मुगु खत्याड गाउँपालिका-८ घर भएका २५ वर्षीय प्रेम राज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । चन्द्रगिरी नगरपालिका-३ थानकोट खरिबोटमा लाईसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम मागिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top