ट्रेण्डिङ

होमपेज / समाज

लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

नेपालगाथा २०७७ श्रावण १२ गते सोमबार १४:५९:०५ मा प्रकाशित

भक्तुपुर । लागूऔषध मुद्दाका दुई वर्ष कैद सजाय भई फरार रहेका सूर्यविनायक नगरपालिका-५ बस्ने सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका-९ भोटसिपा घर भएका ४० वर्षीय धन भन्ने दिपक श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । भक्तपुर जिल्ला अदालतको २०७४ असार २६ गतेको फैसलाले २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालत मा पेश गरिएकोमा अदालतको आदेशले केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको परिसरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top