ट्रेण्डिङ

होमपेज / समाज

क्यान्सर पीडित मनसराको जीवन बचाउन अछामका युवाहरु जुटे

नेपालगाथा २०७७ श्रावण १२ गते सोमबार १३:३१:२१ मा प्रकाशित

धिरज कुँवर,अछाम । अछामकी एक क्यान्सर पीडित किशोरीको उपचारमा सहयोग गर्न स्थानीय स्तरबाट उठेको आर्थिक सहयोग आइतबार अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत क्यान्सर  पीडित किशोरीलाई हस्त्तान्तरण गरिएको छ ।

सामाजिक संजाल र अन्य माध्यमबाट उपचारका लागि युवाहरुले सहयोगको अपिल गरेका थिए  । ढकारी गाउँपालिका- ६ मोयागाडा कि १८ वर्षिया मनसरा बुढाको उपचारमा आर्थिक संकट देखिएपछि सहयोग गर्न अपिल गरिएको थियो । उपचाररत किशोरीको लागि मंगलसेन नगरपालिका -५ का युवा रिदम बिसी र जगत वडले आफै अभियान संचालन गरेर संकलन गरेको ६५ हजार १ सय ३५  रुपैयाँ र ढकारी गाउँपालिकाका भुपेन्द्र बुढा र देबेन्द्र बुढाले स्थानीय स्तरबाट संकलन गरेको १ लाख ५ हजार गरि १ लाख ७० हजार ३ सय ८ रुपैयाँ  हस्तान्तरण गरिएको हो । आइतबार नै क्यान्सर पिडित किशोरीलाई नेपाली नागरिकता प्रदान गर्दै अछामका प्रमुख जिल्ला अधिकारी पौडेलले पिडितको उपचारको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अभियन्ता बुढाका अनुसार उसअघि सहयोगी व्यक्तिहरुबाट प्राप्त भएको  २० हजार १२ रुपैयाँ किशोरीकी आमालाई बुझाइएको थियो । बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार गराईरहेकी बुढाको बायाँ खुट्टामा क्यान्सर देखिएको हो । उनका बुुुवाको निधन भैसकेकाले पनि पारिवारिक रुपमा समस्या रहेको हुँदा आफन्तको सहयोगले अस्पतालसम्म पुर्‍याइएको  हो ।  पीडितका आफन्त समेत रहेका भुपेन्द्र बहादुर बुढाका अनुसार मनसराको उपचारमा करिब १० लाखसम्म खर्च लाग्ने छ । यसको लागि नागरिकस्तरबाटै सहयोगको अपिलमा जुटेको बुढाले बताउनुभयो ।

क्यान्सर पीडित  मनसराको जीवन बचाउन सहयोग गर्न चाहने महानुभावहरुले भुपेन्द्र बहादुर बुढा र देबेन्द्र बहादुर बुढाको सम्पर्क नम्बर क्रमशः ९८६५६४१५१०, ९८६९५५३८०४ मा सम्पर्क गर्न सक्ने उहाँले बताउनुभयो । अथवा देबेन्द्र बहादुर बुढाको सिटिजन्स  बैंक ढकारी अछामको खाता नम्बर ०७९०१०००००२१४०४१ मा रकम जम्मा गरी सहयोग गर्न सकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top