ट्रेण्डिङ

होमपेज / समाज

माक्स नलगाउनेविरुद्ध गृह मन्त्रालयको कडा निर्देशन

मास्क नलगाई हिँड्नेलाई पक्राउ गरिने

नेपालगाथा २०७७ श्रावण ११ गते आइतबार १५:२८:३६ मा प्रकाशित

काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरस संकमणको दर बढिरहेको बेला माक्सको प्रयोग घट्दै गएको भन्दै कडा रुपमा प्रस्तुत हुन मातहतका निकायलाई निर्देशन दिएको छ ।

आइतवार निर्देशनात्मक परिपत्र जारी गर्दै ७७ ओटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई माक्स प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको हो ।

लकडाउन खुलेपछि भीडभाड बढेको र मानिसहरुले मास्क नलगाई हिँड्ने गरेको गुनासो आएपछि गृहले निर्मम बन्न निर्देशन दिएको हो ।

मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले मास्क नलगाई हिँड्नेलाई पक्राउ गर्न निर्देशन दिएको जानकारी दिए ।

‘हामीले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न निर्देशन दिएका छौं ।  मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top