ट्रेण्डिङ

होमपेज / समाज

होसियार ! स्कुटरको डिकीमा सामाग्री नराख्नुस्

नेपालगाथा २०७७ श्रावण ११ गते आइतबार १५:१३:०७ मा प्रकाशित

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले स्कुटरको डिकीमा राखेको पैसा  झिकेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार बानेश्वर प्रहरी वृत्तद्वारा पक्राउ परेका प्रदीप कार्कीले स्कुटरको डिकी खोलेर चोरी गर्ने गरेको पाइएको हो ।

प्रहरीका अनुसार एक जना पूर्वप्रहरी अधिकृतको छोराको स्कुटरबाट एक लाख रुपैयाँ चोरी भएको विषयमा अनुसन्धान गर्दै जाँदा कार्की पक्राउ परेका थिए । र, अन्य थुप्रै चोरीका घटनामा पनि उनको संलग्नता खुलेको छ ।

उनीविरुद्ध चोरी सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने प्रहरी तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top