ट्रेण्डिङ

होमपेज / समाज

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ

नेपालगाथा २०७७ श्रावण १० गते शनिबार १९:०४:५६ मा प्रकाशित

काठमाडौं । अवैध रुपमा हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने स्याङजा कालिगण्डकी गाउँपालिका-५ घर भएका ४० वर्षीय ढुण्डी राज न्यौपानेलाई नगद १९ लाख ९१ हजार रुपैयाँ सहित शुक्रबार प्रहरीले पक्राउ गेको छ ।

काठमाडौं उपत्यकाभित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्‍व छली गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानहरुमा जाँच गर्ने क्रममा काठमाडौं विशाल बजारमा शंकास्पद रूपमा हिडिरहेको अवस्थामा ढुण्डीराजलाई फेला पारी तलासी लिने क्रममा निजको झोलामा हुण्डी कारोबारको लागि बोकेको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि राजश्‍व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top