ट्रेण्डिङ

होमपेज / समाज

आज कति कोरोना संक्रमित थपिए?

नेपालगाथा २०७७ श्रावण १० गते शनिबार १८:५७:१८ मा प्रकाशित

काठमाडौँ । नेपालमा शनिबार थप १०९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना भाइरस संक्रमितको कुल संख्या १८ हजार ४ सय ८३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका १, खोटाङका १, सप्तरीका ११, पर्साका ८, रौतहटका ४, सर्लाहीका १, चितवनका १, नवलपरासी पूर्वका ४, काठमाडौँका २ र ललितपुरका १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

यस्तै अछामका ३, बाराका ३, मकवानपुरका १, गुल्मीका ३, कपिलवस्तुका ६, पाल्पाका ४, बाँकेका २, बर्दियाका २, दाङका ५ तनहुँका १, कालिकोटका ३, दैलेखका ३, हुम्लाका १, जाजरकोटका ६, सुर्खेतका ११, मुगुका २, डडेलधुराका ४, डोटीका १३ र बैतडीका ३ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १०६ जना काेराेना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेकाे जम्मा संख्या १३ हजार ५३ पुगेकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top