होमपेज / समाज
कोरोना महामारीका कारण यस वर्षको नोबेल पुरस्कारको वार्षिक समारोह रद्द गरिएको छ। ६० वर्षपछि पहिलो पटक नोबेल पुरस्कार समारोह नगर्ने निर्णय गरिएको हो। यस वर्ष नोबेल विजेताको घोषणा गरिने भए पनि १० डिसेम्बरमा हुने समारोह नगर्ने निर्णय नोबेल उण्डेशनले गरेको हो। यसअघि सन् १९५६ मा सोभियत संघले हंगेरीमा आक्रमण गर्दा नोबेल पुरस्कार समारोह आयोजना रद्द गरिएको थियो। शान्ति, साहित्य, भौतिक, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रको क्षेत्रमा विश्वकै ठूलो मानिने पुरस्कार हो, नोबेल पुरस्कार।
सन् १९०१ देखि यो पुरस्कार दिन सुरु गरिएको हो। अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कार दिन थालिएको भने १९६८ देखि हो। नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका भने स्विडेनको राजधानी स्टकहोममा दिइन्छ। अहिलेसम्म झन्डै आठ सय व्यक्तिले नोबेल पुरस्कार पाइसकेका छन्। एजेन्सी ।