ट्रेण्डिङ

होमपेज / समाज

लकडाउन खुलेसँगै विश्वविद्यालय पनि खुल्यो 

पठनपाठन अझै अनिश्चित

नेपालगाथा २०७७ श्रावण ७ गते बुधबार १५:१५:३२ मा प्रकाशित

सुर्खेत । कोरोना भाइरस (कोभिड १९) कारण विगत ४ महिना अघिदेखि शुरुभएको बन्दाबन्दी (लकडाउन) खुलेसँगै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निकायहरु पनि सुचारु भएका छन् । 
विश्वविद्यालयका प्रशासन अधिकृत दिनेश गौतमले सूचना सार्वजनिक गर्दै विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पसहरु आजकै मितिदेखि नियमित सञ्चालन भएको जानकारी गराउनुभयो । 
असार १ गतेदेखि नै विश्वविद्यालयका प्रशासनिक कार्यहरु नियमित रुपमा सञ्चालन हुँदै आएको भए पनि शिक्षकहरुलाई सार्वजनिक विदा दिइएको थियो । आजका मितिदेखि भने शिक्षकहरुका लागि दिइएको सार्वजनिक विदा पनि समाप्त भएको छ । अब शिक्षकहरु पनि क्याम्पसमा उपस्थित भएर नियमित काम गर्नुपर्ने छ । तर नेपाल सरकारको अर्को सूचना जारी नहुनेवेलासम्म भने विद्यार्थीको पठनपाठन र पुस्तकालयको काम भने सूचारु नहुने प्रशासन अधिकृत गौतमद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
यसरी नियमित काम सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई भने पालना गर्नुपर्नेछ । 

हेर्नुहोस् सूचना

प्रतिक्रिया

सम्बन्धित खवर

Top