ट्रेण्डिङ

होमपेज / समाज

असाहयहरूलाई फलफूल वितरण

नेपालगाथा २०७७ श्रावण ७ गते बुधबार १२:४६:१५ मा प्रकाशित

सुर्खेत । सुर्खेतको वीरेन्द्रगरस्थित सुनचाँदी व्यवसायी तथा समाजसेवी तीर्थ सुनारले साझा घरमा रहेका असाहयहरूलाई फलफूल वितरण गरेका छन् । उक्त साझा घरका असाहयहरूको मागका आधारमा उनले फलफूल वितरण गरेका हुन् ।

साझा घरमा रहेका २७ जनालाई केरा र आँप सहयोग गरेको सुनारले बताए । ‘मान्छे ढुंगालाई पूजा गर्छन,’ उनले भने, ‘तर दुखी असाहयलाई कमले मात्र पुज्छन् ।’ भगवान् ढुंगामा नभेटिने भन्दै उनले भने, ‘दुखी, गरिब र असाहयलाई सहयोग गर्दा त्यहाँ भगवान् भेटिनुहुन्छ ।’ यसभन्दा पहिला पनि उनले साझा घरमा सहयोग गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top