ट्रेण्डिङ

होमपेज / समाज

बँदेलले आक्रमण गर्दा तीन जना घाइते

नेपालगाथा २०७७ श्रावण ६ गते मंगलबार १३:१८:३३ मा प्रकाशित

कञ्चनपुर । जंगली बँदेलले आक्रमण गर्दा आज कञ्चनपुरको बेदकोट नगरपालिका १ चम्फापुरका तीन जना घाइते भएका छन। जंगली बँदेलको आक्रमणबाट घाइते हुनेमा रामचन्द्र रेग्मी, शारदा जोशी र दिपक सिंह रहेका छन। घाइते तीनै जनाको महाकाली अस्पताल भीमदत्तनगरमा उपचार भैरहेको छ। घर आँगनमा बसिरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली बँदेलले आक्रमण गरेको घाइते रेग्मीले बताए।  

आँगनमा बसेको अबस्थामा निकुञ्जबाट आएको बँदेलले एक्कासी आक्रमण गरी घाइते बनाएको उनले बताए। आक्रमण गर्न आएको बँदेललाई स्थानिय बासिन्दाले हो हल्ला गरी निकुञ्ज तर्फ भगाएका छन्। घाइते तीनै जनाको अबस्था खतरामुक्त रहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top