ट्रेण्डिङ

होमपेज / समाज

चामुण्डाविन्द्रासैनी समाज दक्षिण कोरीयाद्धारा स्वास्थ्य सामाग्री सहयोग

नेपालगाथा २०७७ श्रावण ५ गते सोमबार १७:२३:३१ मा प्रकाशित

चामुण्डा (दैलेख) । चामुण्डाविन्द्रासैनी समाज दक्षिण कोरियले चामुण्डाविन्द्रासेनी नगरपालिकालाई स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ । सोमबार नगरपालिकाको कार्यालय जम्बुकाँधमा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा गएका  चामुण्डाविन्द्रासेनीका नागरिकहरुले सामुहिक रुपमा गरेको सहयोग हस्तान्तरण गरिएको हो । 

स्वास्थ्य सामाग्रीहरु पत्रकार कृष्ण शाहीले समन्वय गरी नगरपालिकालाई हस्तान्तरण गरिएको हो । उनीहरुले तत्काल बिरामीलाई उद्धार गर्नका सहज होस भन्ने उद्देश्यका साथ सबै वडालाई २७ वटा स्टेचर सहयोग गरिएको छ ।  
चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले नगरपालिका स्वास्थ्यलाई प्रथामिकता राखि काम गरिरहेको अवस्थामा स्वास्थ्यलाई नै मध्यनजर गरी सहयोग गर्नुभएकोमा समाजलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समाजको थप उत्तरोत्तर प्रगितको कामना गर्नु भयो । 

यसैगरी कार्यक्रन्मिमा चामुण्डाविन्द्रासैनी नगरपालिकाका उप–प्रमुख ताराकुमारी शाही, वडा नं. ८ का वडा अध्यक्ष वीरबहादुर शाही, वडा नं. ५ का वडा अध्यक्ष नारायणप्रसाद रेग्मी, अस्थायी प्रहरी चौकी जम्बुकाँध प्रहरी इन्चार्ज मोहनसिंह पुजार लगायतको उपस्थिति रहेको समाजसेवी पुर्णबहादुर खड्काले जानकारी दिनुभयो ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top