ट्रेण्डिङ

होमपेज / समाज

देशभर थप १ सय ८६ जनामा कोरोना 

नेपालगाथा २०७७ श्रावण ५ गते सोमबार १६:३५:३९ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १  सय ८६  जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यो संगै देशभर कुल संक्रमितको संख्या १७  हजार ८ सय ४४ पुगेको छ । 

थप १ सय ७३ जना डिस्चार्ज 
विगत २४ घण्टामा विभिन्न अस्पतालबाट थप १ सय ७३ जना कोरोनामुक्त भएका छन् । यी सहित हालसम्म ११ हजार ८ सय ६८ जना कोरोनाबाट निको भएका छन् । त्यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको मन्त्रालयले जानकारी दिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top