होमपेज / समाज
सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीका थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार थप ११ जनामा कोरोना देखिएको हो ।
प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा ८ जना, दैलेख अस्पताल दैलेखमा १ जना र भेरी अस्पताल बाँकेमा गरिएको परिक्षणमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
संक्रमित हुनेहरुमा सुर्खेतका ४, सल्यानका ३, दैलेख २, जुम्ला र कालिकोटमा समान १, १ जनामा कोरोना रहेका छन् । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या १७ सय ४९ पुगेको छ ।
थप ८ जना डिस्चार्ज
यस्तै पछिल्लो २४ घण्टामा थप ८ जना कारोना संक्रमित उपचार पछि डिस्चार्ज भएर घर फर्कीएका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट ३ जना, सान्नित्रिवेणी आइसोलेसन सेन्टर कालिकोटबाट ५ जना डिस्चार्ज भएका छन् । यो संगै कुल डिस्चार्ज हुनेहरुको संख्या १५ सय १९ पुगेको छ ।
हाल सम्म कर्णालीमा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ भने २ सय २४ जनाको विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
