होमपेज / समाज
बारामा ९ जना जनप्रतिनिधि र १६ जना स्वास्थ्यकर्मीसहित ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए। यस्तै, स्थानीय तहका ५ जना कर्मचारी र स्वास्थ्यकर्मीका परिवारका ६ जना सदस्यमा पनि संक्रमण देखिएको छ।
बाँकी संक्रमित भने क्वारेन्टिनमा बसेका व्यक्ति हुन्। संक्रमित सबै २० देखि ४० वर्ष उमेर समूहका छन्। नारायणी अस्पतालमै गरिएको परीक्षणमा पर्साका ४ जना र सर्लाहीका ३ जनामा पनि संक्रमण देखिएको अस्पतालका चिकित्सक उदयनारायण सिंहले जानकारी दिए। योसँगै प्रयोगशाला परीक्षण गरिएकोमध्ये ५० जनामा संक्रमण देखिएको छ।