होमपेज / समाज
रुकुम पश्चिम । रुकुम पश्चिममा घाँस काट्न गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । चौरजहारी नगरपालिका–११, नेप्टेडाँडाकी ४० वर्षीया शिसिला मल्लको मृत्यु भएको हो ।
भीरबाट लडेर गम्भीर घाइते भएकी उनको उपचारका लागि खोलागाउँस्थित स्थानीय मेडिकलमा लिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक मल्ल करिब दुई मिटर तल खसेकी थिइन् । पिउधिन भन्ने स्थानमा घाँस काट्न गएकी उनको एक्कासी चिप्लिएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए ।