ट्रेण्डिङ

होमपेज / समाज

बाजुरामा पक्की पुल बाढीले बगायो

नेपालगाथा २०७७ श्रावण ५ गते सोमबार १२:४६:०० मा प्रकाशित

बाजुरा । बाजुरामा गएरातीको बाढीले पक्की पुल बगाएको छ । बुढीगंगा नगरपालिका –२ स्थित घट्टे खोलामा गए राति आएको बाढीले साँफे मार्तडी राजमार्ग अन्तर्गत पर्ने २५ मिटर लामो पक्की पुल बगाएको हो । पुल बगाएपछि स्थानीयलाई आवतजावत गर्न पनि बन्द भएको छ । बुढीगंगा नगरपालिका–२ का वडा अध्यक्ष हिरा थापाका अनुसार बाढीले पुल बगाएपछि स्थानीयलाई वारीपारी जान र पानी खान पनि समस्या भएको छ ।

बाढीले पुल बगाउनुका साथै झन्डै एक सय रोपनीमा लगाएको धान खेती पनि नस्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top