होमपेज / समाज
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसूनी न्यून चापीय रेखा नेपालतर्फ सरेकाले देशभर धेरै स्थानमा मध्यम देखि भारी बर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार अहिले काठमाडौं सहित देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा भारी वर्षा भइरहेको छ ।
आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
आज राति पनि पूर्ण बदली रही देशका धेरै स्थानमा मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश केही स्थानहरुमा साथै कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।