होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डाक्टर जागेश्वर गौतमका अनुसार यो संगै कुल संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ ।
५८ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा थप ५८ जना उपचार पछि डिस्चार्ज भएका छन् । यो संगै कुल डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ९५ पुगेको छ ।