ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीमा थप एक जनामा कोरोना

नेपालगाथा २०७७ श्रावण ४ गते आइतबार १६:२६:५६ मा प्रकाशित

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप १ जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा थप १ जनामा कोरोना देखिएको हो । जुन सल्यानको वनगाड कुपिन्डे नगरपालिकाका १ का ३५ बर्षीया पुरुष रहेका छन् । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या १७ सय ३८ पुगेको छ । 

थप एक जना डिस्चार्ज 
पछिल्लो २४ घण्टामा कर्णालीमा थप १ जनामा कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । यो संगै कुल संक्रमितको संख्या १५ सय ११ पुगेको छ । कुल संक्रमित मध्ये हाल सम्म ६ जनाको ज्यान गएको छ भने २ सय २१ जना संक्रय संक्रमितहरुको उपचार भइरहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जानकारी दिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top