ट्रेण्डिङ

होमपेज / समाज

लेकवेशी नगरपालिकाले सलह प्रतिकिलो २५ रुपैयाँमा खरिद गर्ने

नेपालगाथा २०७७ श्रावण ४ गते आइतबार ११:४१:५० मा प्रकाशित

सुर्खेत । पूर्वी सुर्खेतको लेकवेशी नगरपालिकाले सलह किरा संकलन गरेर ल्याउनेलाई प्रतिकिलो २५ रुपैयाँका दरले खरिद गर्ने भएको छ ।  नगर प्रमुख गगन सिंह सुनारले प्रतिकिलो २५ रुपैयाँका दरले खरिद गर्ने जानकारी दिएका छन् । शनिवार एक सुचना जारी गर्दै प्रमुख सुनारले अन्नवालीलाई सखापै पार्ने गरि सलह आएकाले कृषकले सलह जम्मा गरेर नगरपालिकामा बुझाए २५ रुपैयाँ प्रति किलोको दरले खरिद गरिने बताए ।

साथै उनले सलहको नियन्त्रणका लागी तत्काल कुनै पनै औषधी तथा प्रविधी नभएकाले ढ्याङग्रो बजाएर तथा धुलो धुवाँ बनाएर सलह भगाउन कृषकहरुलाई आग्रह गरेको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top