ट्रेण्डिङ

होमपेज / समाज

सरसफाइमा जुटे युवाहरु

नेपालगाथा २०७७ श्रावण ३ गते शनिबार २१:११:१५ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई स्वच्छ र सफा बनाइ राख्न यहाँका युवाहरु सक्रिय भएर लागेका छन् । 
विगत लामो समयदेखि प्रत्येक शनिबार डा. नवराज केसीले अगुवाइ गर्नुभएको सरसफाइ अभियानलाई निरन्तरदा दिदैं शनिबार एका बिहानै युवाहरु हातमा ग्लोब्स र मुखमा मास्क लगाएर सडमा निस्किए । 


‘साझा अभियान अन्तरगत’ विङ्गस फाउण्डेसन, कर्णाली रिभर बेसिन कन्जर्भेसन फाउण्डेसन, सामाजिक सञ्जाल फेसबुक समूह मोटे ग्याङ्ग नेपाल, तनाव छ जिन्दगी, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम लगायतका समूहले सरसफाई गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको पूर्वपट्टी रहेको खुल्ला चौर र प्रदेश संग्रहालय नजिकको सडकमा पुगेर युवाहरुले वातावरणलाई प्रत्यक्ष असर गर्ने प्लाष्टिकजन्य पदार्थ संकलन गरेका थिए । प्लाष्टिक संकलन पछि संक्षिप्त प्रतिक्रिया दिँदै अभियन्ता तथा समाजसेवी डा. नवराज केसीले सात प्रकारका प्लाष्टिक मध्ये प्लाष्टिकको झोला र बोतलले सबैभन्दा बढी असर गर्ने बताउनु भयो । उहाँले अन्य प्लाष्टिकहरु जस्तै प्लाष्टिकको बोतल र प्लाष्टिकको झोला ढिलो गरी माटोमा बिलय भए पनि रुख बिरुवा मार्फत जनावर हुँदै फेरि पनि मानिसमा नै यो प्लाष्टिक पुग्ने हुँदा निकै खतरानाक हुने जानकारी दिनुभयाे ।


सरसफाइ अभियानमा डा. नवराज केसी, अनिल ढकाल, गौरव देवकोटा, कुमार समशेर थापा, राज देवकोटा, त्रिभुवन बिसी, यज्ञ खत्री, बिनिता बोगटी, नेपाल प्रहरी लगायतका समाजसेवीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top