ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीमा थप ७ जनामा कोरोना, ५ जना डिस्चार्ज

नेपालगाथा २०७७ श्रावण २ गते शुक्रबार १८:०६:५० मा प्रकाशित

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका अनुसार थप ७ जनामा कोरोना देखिएको हो ।  

प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १, दैलेख अस्पतालमा गरिएको परीक्षणमा ४ जना र चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशाला रुकुम पश्चिममा गरिएिका परिक्षणमा थप २ जनामा कोरोना संक्रमण देखिएको हो । यो संगै कर्णालीमा कुल संक्रमित हुनेको संख्या १ हजार ७ सय ३३ पुगेको छ । 

५ जना डिस्चार्ज 
शुक्रवार कर्णालीका थप पाँच जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । प्रदेश अस्पताल सुर्खेतबाट २ जना, शिवालय आइसोलेसन सेन्टर जाजरकोटबाट ३ जना संक्रमित निको भई घर फर्किएका हुन् । 

यो संगै कुल डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ९३ पुगेको छ । संक्रमित मध्ये हालसम्म ६ जनाको मृत्यु भइसकेको छ भने २ सय ३४ उपचाररत रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top