होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवत्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार देशभरका २७ वटा प्रयोगशालामा चार हजार ६ सय ८८ को पिसिआर परीक्षणमा उनीहरूमा १ सय १ जनामा कोरोना देखिएको हो । यो सँगै नेपालमा कुल कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ४ सय ४५ पुगेको छ ।
यस्तै शुक्रबार २ सय ८५ जना कोरोना संक्रमित उपचार पछि घर फर्केका छन् । यो संगै कुल डिस्चार्ज हुनेको संख्या ११ हजार ५ सय ३५ पुगेको मन्त्रालयले जानकारी दिएको हो ।