होमपेज / समाज
सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार थप १२ जनामा कोरोना देखिएको हो । कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १, दैलेख अस्पताल दैलेखमा ५ र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणमा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
संक्रमित मध्ये दैलेखका ५ जना, सल्यान र जाजरकोटका २, २ र मुगु र रुकुम पश्चिम र सुर्खेतका एक, एक जनामा कोरोना देखिएको हो । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या १७ सय २६ पुगेको छ ।
थप १३ जना डिस्चार्ज
यस्तै पछिल्लो २४ घण्टामा थप १३ जना उपचार पछि डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार वनगाड कुपिन्डे आइसोलेसन सेन्टर सल्यानका ९ जना, प्रदेश अस्पताल सुर्खेतका १ जना, दैलेख अस्पताल आइसोलेसन सेन्टरका १ जना, महाबु आइसोलेसन सेन्टर दैलेखबाट २ र गरी १३ जना डिस्चार्ज भएका हुन ।
यो संगै कर्णालीमा कुल डिस्चार्ज हुनेको संख्या १४ सय ८८ पुगेको छ । हाल सम्म कोरोनाका कारण ६ जनाले ज्यान गुमाएका छन् । भने २ सय ३२ जना आइसोलेसनमा उपचारतर रहेका छन् ।
