ट्रेण्डिङ

होमपेज / समाज

देशभर थप १ सय ६७ जनामा कोरोना, २ सय १३ जना डिस्चार्ज

नेपालगाथा २०७७ श्रावण १ गते बिहीबार १६:४०:४५ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डाक्टर जागेश्वर गौतमका अनुसार यो संगै कुल संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।
 

थप २ सय १३ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा थप २ सय १३ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । यो संगै कुल डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ पुगेको प्रवक्ता डा. गौतमको भनाई छ । हाल ६ हजार ५६ जना देशभरका विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत रहेका छन् । कोरोना संक्रमणबाट नेपालमा हालसम्म ३९ जनाको मृत्यु भएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top