ट्रेण्डिङ

होमपेज / समाज

डा.केसीद्वारा दुर्गम विशेष भत्ताको रकम किसानलाई 

नेपालगाथा २०७७ श्रावण १ गते बिहीबार १६:१६:२० मा प्रकाशित

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डाक्टर नवराज केसीले आफ्नो दुर्गम विशेष भत्ताले किसानलाई ऋण मुक्त गराएका छन् । बर्सौदेखी भैंसी पालेर दूध बेच्दै आएका किसान कृष्णबहादुर खत्रीलाई आर्थिक बर्षको अन्त्यमा ऋणमुक्त गराएका हुन ।  

भैसी किन्दा ल्याएको ऋण तिर्न नसकेर समस्यामा परेको बेला डाक्टर केसीले उक्त ऋण तिरी दिएको किसान कृष्णबहादुर खत्रीले बताए । उनले भने, ‘भैसी किन्दा ७० हजार ऋण ल्याएको थिए । समयमै तिर्न नसक्दा डेढलाख पुगेछ अहिले डाक्टरले तिरी दिनुभयो ।’ दुध बेचेर ऋण तिर्ने सोचले भैसी किनेको भएपनि भनेजस्तो आम्दानी नभएपछि समयमै पैसा तिर्न नसकेको उनले बताए ।

आफ्नो उक्त समस्या थाहाँ पाएपछि डाक्टर केसीले डेढलाख रुपैया दिएर ऋणबाट मुक्त गर्न सहयोग गरेको पनि कृष्णबहादुरले बताए । समयमै बुझाउन नसकेपछि भैसी किन्दा लिएको ऋण थपिएर दुई लाख पुगेकोमा आफुले अहिलेसम्म ५० हजार रुपैया मात्रै तिरेको बताए ।

डा. केसीले समस्यामा परेका छिमेकी किसानलाई आफ्नो तर्फबाट सक्ने सहयोग गरेको बताए । उनले भने, ‘यो बर्ष कर्णालीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई कर्णाली सरकारले दुर्गम बिशेष भत्ता दिएको थियो । दूर्गम वा सुगम होइन कर्णाली, मेरो घर हो, त्यसैले योे भत्ता आफ्नो लागि खर्च गर्नु भन्दा समस्यामा परेका विपन्न किसानको लागि खर्च गर्न उपयुक्त ठाने ।’ उनले उक्त विशेष भत्ता दिने प्रदेश सरकारलाई धन्यवाद समेत दिए ।

उनी प्रश्न गर्छन, ‘बैंकहरु सधैं नाफामा रहिरहदा मेहिनेती कृष्णबहादुर जस्ता तिनै बैंकका सेवाग्राहीहरुले पनि नाफाको अनुहार देख्न पाउने बैकिङ व्यवस्था कहिलो होला ?’

प्रतिक्रिया

सम्बन्धित खवर

Top