होमपेज / समाज
काठमाडौं । बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष प्रधानमन्त्री केपि शर्मा ओली, प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल निर्णायक छलफलमा जुटेका छन् । आन्तरिक विवाद टुंगो लगाउन शीर्ष नेताहरु निर्णायक छलफलमा जुटेका हुन् ।
बुधबारको छलफलमा प्रचण्डले माधव नेपालसहित बसेर सहमति गर्ने प्रस्ताव राखेका थिए । छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी छन् ।
स्थायी कमिटीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल सहितका नेताहरुले प्रधानमन्त्रीले दुवै पद छाड्नुपर्ने प्रस्ताव राखेपछि बैठक अवरुद्ध छ । सहमतिका लागि भनेर पटक पटक स्थगित बैठक शुक्रवारका लागि तय भएको छ ।