होमपेज / समाज
काठमाडौं । काठमाडौँमा साझा बसहरु चल्न सुरु गरेका छन् । साझा यातायातले उपत्यकामा चलाउन सुरु गरेको हो । साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा शुरु गरेको हो ।
सरकारले तोके अनुसार सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न गरिएको साझा यातायातका व्यवस्थापक महेन्द्र पाण्डेले बताए । उनका अनुसार साझाका बसमा चढ्दा यात्रुले मास्क लगाउनुपर्ने, सेनेटाइजरको प्रयोग गर्नुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने छ ।
त्यस्तै भाडाका लागि खुद्रा पैसा बोक्नुपर्ने छ । साझाले पहिलेकै रुटमा सामान्य अवस्था भन्दा कम बसबाट सेवा शुरु गर्न लागिएको जनाएको छ । पहिले थोरै बसबाट शुरु गरिएमा आवश्यकताअनुसार थप गर्दै जाने व्यवस्थापक पाण्डेले बताए ।