ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा थप ५ कोरोनामा कोरोना, कुल संक्रमित २ सय ३० पुगे 

नेपालगाथा २०७७ असार ३१ गते बुधबार १८:३१:२९ मा प्रकाशित

हिमाल शर्मा, सल्यान । सल्यानका थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । जिल्लाको कुमाख गाउपालिकाका ३ जना र बन्गाड कुपिण्डे नगरपालिकाका २ जना गरी बुधबार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो ।

चौरहजारी नगरपालिका, पिसिआर परिक्षण प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणमा कुमाख गाउपालिकाका १ जना महिला सहित ३ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

यस्तै प्रदेश अस्पताल सुर्खेत, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो । यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या २ सय ३० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top