होमपेज / समाज
सुर्खेत । कर्णालीमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार थप २४ जनामा कोरोना देखिएको हो ।
प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षण २१ जना र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा ३ जनामा कोरोना देखिएको हो ।
जसमा सुर्खेतमा १४ जना, सल्यानका ५ जना, दैलेखका ३ जना, जुम्ला र अछामका १, १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो संगै कुल संक्रमितको संख्या १७ सय १४ पुगेको छ ।
थप १३ जना डिस्चार्ज
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार बुधबार थप १३ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् ।
जसमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना, दुल्लु अस्पताल दैलेखबाट ४ जना, नौमुले आइसोलेसन सेन्टर दैलेखबाट ३ जना, सान्नित्रिवेणी आइसोलेसन कालिकोटबाट ४ जना र पलता आइसोलेसन सेन्टर कालिकोटबाट १ जना गरी १३ जना डिस्चार्ज भएका हुन । यो संगै कुल डिस्चार्ज हुनेको संख्या १४ सय ७५ पुगेको छ ।
