होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डाक्टर जागेश्वर गौतमका अनुसार यो संगै कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ ।
६ सय ९७ जना डिस्चार्ज
बुधबार थप ६ सय ९७ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । यो संगै कुल डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ ।