ट्रेण्डिङ

होमपेज / समाज

सिर्जनशील विद्यार्थी सविनाको उत्कृष्ट चित्र

नेपालगाथा २०७७ असार ३१ गते बुधबार १४:२६:४५ मा प्रकाशित

मुगु । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व नै आक्रान्त बनेको छ । यसबाट नेपाल पनि अछुतो रहने कुरै भएन । कोरोना महामारीको त्रासकै कारण नेपालमा विगत केही महिनादेखि लागेको लकडाउनका कारण शिक्षण संस्थाहरू लगायत अन्य क्षेत्रहरू पनि बन्द रहेका छन् । सम्पूर्ण कार्यालय तथा विद्यालयहरू बन्द हुँदा विद्यार्थीहरूमा समेत यसको नकारात्मक प्रभाव परेको देखिन्छ । फलस्वरूपः बालबालिकाहरू विद्यालय जान नपाएर फुर्सदिला भएका छन् ।

फुर्सदको समयलाई सदुपयोग गर्दै मुगु जिल्लास्थित एक गैरसरकारी संस्था कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सीडीयस–पार्क) मुगुले बाल विवाहसम्बन्धी विद्यालयस्तरीय जनचेतनामूलक अभियान सुुरु गरेको छ । उक्त अभियानमा मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाका चार वटा विद्यालय र खत्याड गाउँपालिकाको एउटा विद्यालय चित्रकला प्रतियोगितामा समावेश भएका थिए ।

चित्रकलाको मुख्य उद्देश्य बालविवाहले किशोर–किशोरी तथा बाल बालिकामा पार्ने असरहरूमा केन्द्रित रहेको थियो । उक्त प्रतियोगितामा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कर्मासी खत्याड, श्री महाकाली नमुना उच्च मा.वि. गमगढी, श्री कर्णाली मा.वि. टोप्ला, श्री नेपाल राष्ट्रिय मा.वि. मुर्मा र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय पिनाका छात्राहरू सहभागी भएका थिए । 

उक्त प्रतियोगितामा प्रत्येक विद्यालयबाट २०÷२० जना छात्राहरू गरी कूल १०० (एक सय) जना छात्राहरूले आफ्ना विचारहरूलाई चित्रमार्पmत प्रस्तुत गरेका थिए । विद्यालयका छात्राहरूले बनाएका चित्रहरूमध्ये छनोट समितिले एक सय जना छात्राहरूको चित्रहरूलाई मूल्याङ्कन गर्दा विषयवस्तुका आधारमा मिल्दोजुल्दो श्री कर्णाली मा.वि. टोप्लामा कक्षा ८ मा अध्ययनरत छात्रा सविना शाहीले बनाएको चित्रलाई उत्कृष्ट चित्रका रूपमा छनोट गरेको थियो ।

सोही प्रतियोगितामा सहभागी उत्कृष्ट पाँच चित्रलाई हामीले यहाँ प्रकाशन गरेका छौं ।


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top