ट्रेण्डिङ

होमपेज / समाज

'कपोलकल्पित समाचार प्रकाशित गरी प्रधानमन्त्रीको चरित्र हत्या गर्न खोजियो'

नेपालगाथा २०७७ असार ३१ गते बुधबार ११:५१:५८ मा प्रकाशित

काठमाडाैं​​​​​​​ । स्वीस बैंकमा प्रधानमन्त्री केपी शर्मा ओलीका नाममा ५.५ मिलियन डलर (६० करोडभन्दा बढी) रहेको भन्ने आरोपसहित प्रकाशित समाचारहरूको प्रधानमन्त्री कार्यालयले खण्डन गरेको छ ।

प्रधानमन्त्रीका पेस सल्लाहकार सूर्य थापाले प्रेस नोट जारी गर्दै बदनियतका साथ भ्रामक समाचार प्रकाशन गरिएको भन्दै खण्डन गरेका छन् ।

'ग्लाेबल वाच एनालाइसिस'काे हवाला दिँदै केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेकाे अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठाे सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएकाे छ । स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेकाे वा यस्तै व्यहाेराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपाेलकल्पित रहेकाे स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय सञ्चारमाध्यमहरूकाे रवैया खेदजनक छ,' थापाद्वारा जारी प्रेस नोटमा भनिएको छ ।

हेर्नुहोस्, प्रेस नोट :

"ग्लाेबल वाच एनालाइसिस'काे हवाला दिँदै केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेकाे अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठाे सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएकाे छ । स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेकाे वा यस्तै व्यहाेराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपाेलकल्पित रहेकाे स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय सञ्चारमाध्यमहरूकाे रवैया खेदजनक छ ।

राष्ट्रिय हितकाे रक्षा, सीमा अतिक्रमणविरूद्ध नयाँ नक्सा प्रकाशनकाे साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशाेधनजस्ताे महत्त्वपूर्ण निर्णयमा सिंगाे राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रकाे नेतृत्व सम्हालिरहनुभएकाे निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियाेजित षड्यन्त्र गर्ने अनेकन् तत्व सक्रिय रहेकाे प्रस्ट नै छ ।

आमनेपालीहरूलाई म यस्ता कुनैपनि दुष्प्रचारकाे भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताकाे न्यूनतम जवाफदेहिता, जिम्मेवारीबाेध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरीत कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारवाही गर्न माग समेत गर्दछु ।

सूर्य थापा,
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
३१ असार २०७७

प्रतिक्रिया

सम्बन्धित खवर

Top