ट्रेण्डिङ

होमपेज / समाज

फ्रान्सका स्वास्थ्यकर्मीहरुलाई हाल सम्मकै उच्च पारिश्रमिक वृद्धि 

नेपालगाथा २०७७ असार ३१ गते बुधबार ०८:२३:११ मा प्रकाशित

एजेन्सी, काठमाडौँ । फ्रान्सका स्वास्थ्यकर्मीहरुलाई हाल सम्मकै उच्च पारिश्रमिक वृद्धि गरिएको छ । फ्रान्स सरकारले कोरोना भाइरस विरुद्ध अधिक महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वास्थ्यकर्मीहरुका लागि भनेर ९ अर्ब डलर बराबरको ऐतिहासिक पारिश्रमिक वृद्धिको घोषणा गरेको छ । 

हप्तौँ अगाडिदेखिको छलफलपछि सोमबार मात्र फ्रान्सले ट्रेड युनियनसँग संयुक्त रुपमा यस सम्बन्धी आधिकारिक हस्ताक्षर गरेको हो । कोभिड महामारी सुरु भए यता स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई सम्मान स्वरुप समाजको असली ‘हिरो’ को नाम दिइएको छ जसको कामलाई सर्वसाधारणले पनि उत्तिकै प्रशंसनीय ठहर गरेका छन् ।  

युरोपको सबैभन्दा नराम्ररी प्रभावित मुलुकमा पर्ने फ्रान्समा संक्रमितको सङ्ख्या २ लाख रहेको छ भने तीस हजारको मृत्यु भएको छ । यस्तोमा फ्रान्स सरकारले घोषणा गरेको यो नयाँ पारिश्रमिक वृद्धिपछि सबै स्वास्थ्यकर्मीहरुको तलब औसतमा पनि महिनामा १८३ युरोले बढ्ने बताइएको छ । सो निर्णयलाई फ्रान्सको स्वास्थ्य प्रणालीकै ऐतिहासिक क्षण ठहर गरिएको छ । यो सम्झौता नयाँ मन्त्री जिन केसटेक्सले सम्पन्न गराएका हुन् । 

यो प्याकेज अन्र्तगत नर्स, बिरामीको हेरचाह गर्ने कर्मचारी र मेडिकल बाहेकका कामदारको तलब पनि समावेश छ । त्यस्तै सार्वजानिक क्षेत्रमा काम गर्ने डाक्टरहरुका लागि भने ४५ करोड युरो छुट्याइएको छ ।

बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

Top