ट्रेण्डिङ

होमपेज / समाज

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुबिधासम्बन्धी विधेयक प्रमाणीकरण

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुका लागि सुबिधा लिन बाटाे खुल्याे

नेपालगाथा २०७७ असार ३० गते मंगलबार २१:५१:५६ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले "स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुबिधासम्बन्धी कानूनमा संशोधन तथा एकीकरण गर्न बनेको विधेयक"  प्रमाणीकरण गर्नुभएकाे छ । 

प्रदेश प्रमुखकाे कार्यालयले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त विधेयक प्रमाणीकरण भएकाे जानकारी दिएकाे हाे । याे विधेयक प्रमाणीकरण भएसँगै स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा तथा सुविधा लिनका लागू बाटाे खुलेकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top