ट्रेण्डिङ

होमपेज / समाज

पत्रकारिता र आमसञ्चारसम्बन्धी छात्रवृत्तीको नतिजा प्रकाशन

नेपालगाथा २०७७ असार ३० गते मंगलबार १९:४८:५८ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय पत्रकारिता र आमसञ्चार सम्बन्धी स्नातकोत्तर तहका लागि लिइएको छात्रवृत्तीको नतिजा प्रकाशन भएको छ । 
मध्यपश्चिमाञ्चल विश्वविद्यालय र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबीच भएको सम्झौतानुसार मानविकी र सामाजिकशास्त्र संकाय केन्द्रीय क्याम्पसअन्तर्गत पत्रकारिता र आमसञ्चार स्नातकोत्तर तहमा अध्ययनरत पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । 
पत्रकारिता र आमसञ्चार शिक्षण समितिका अध्यक्ष युवराज शर्माले मंगलबार नतिजा प्रकाशन भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘छात्रवृत्तीले विद्यार्थीमा पत्रकारिता र आमसञ्चार अध्ययन गर्ने रुचि बढाउनुका साथै यस विषयमा थप अध्ययन र अनुसन्धान गर्नका लागि उत्कृष्ट पत्रकार जन्माउन सहयोग गर्नेछ ।’
पछिल्लो समय पत्रकारितामा देखिएको अनियन्त्रि र छाडा पवृत्तिलाई आत्म नियन्त्रण गर्न र पत्रकारिताको आचारसंहितालाई व्यवहारमा लागू गर्न पत्रकारिता र आमसञ्चार अध्ययनरत विद्यार्थीबाट थप टेवा पुग्ने अध्यक्ष शर्माले विश्वास व्यक्त गर्नुभयो । 
छात्रवृत्ती पाउने विद्यार्थीहरुमा जेहेन्दार छात्रवृत्तीतर्फ करिश्मा चौधरी, यशकुमार चपाई, गिता थापा र सावित्रा गिरी रहेका छन् भने गरिव तथा समावेशी छात्रवृत्तीमा नेत्रबहादुर शाही रहेका छन् । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top