होमपेज / समाज
सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालमा गरीएको परिक्षणमा २७ जनामा संक्रमण देखिएको हो ।
जसमा सुर्खेतमा १४ जना, दैलेखमा ६, जुम्लामा ५, जाजरकोट र काठमाडौँमा समान १,१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो संगै कुल संक्रमितको संख्या १६ सय ९० पुगेको छ ।
७ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा कर्णालीका थप ७ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीका अनुसार मंगलबार थप ७ जना डिस्चार्ज भएका हुन ।
डिस्चार्ज हुनेहरुमा प्रदेश आइसोलेसन सुर्खेतबाट ३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना, डोल्पा अस्पतालबाट २ जना र गुराँस आइसोलेसन सेन्टर दैलेखबाट १ जना रहेका छन् । यो संगै हाल सम्म डिस्चार्ज हुनेको संख्या १४ सय ६२ पुगेको छ ।
