होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ सय १६ जनामा कोरोना भाएरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार हालसम्म कुलसंक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।
३४ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा थप ३४ जना उपचार पछि डिस्चार्ज भएका छन् । यो संगै कुल डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको छ । हाल ६ हजार ६ सय ९५ जना संक्रमित हाल आइसोलेनसनमा उपचाररत रहेका छन् ।